Tuesday, November 12

खुशि हुन् के लागेका थिए उदाहर’णीय जोडी विक्रम, तर चाड*पर्वकै बेला फेरी पर्यो यस्तो बज्र*पात-हेर्नुहोस् (भिडियो सहित)

काठमाण्डौ- विश्वकै उदाहरणीय जोडी विक्रम र जोडी’को यो पहिलो दर्शै थियो । विक्रमको कम्मर तलको शरिर चल्दैन । उनको सेवामा जुटेकी मनु अरु समय त मन बुझाएर बसेकी थिइन् । तर चाडपर्वले भने उनको धैर्य टुटाइदिन्छ ।

मनुले अतर’र्जातिय विवाह गरेका कारण माइतिले मनुलाई स्वीकार गरेका छैनन् । आर्थिक समस्या झेलिरहेका उनीहरुले यो वर्षको दशैं रमाइलोसंग मनाउने योजना बनाएका थिए । तर त्यो योजना पनि उनीहरुको तुहियो । उनको आमालाई मानसिक रोग थियो । छोराको दुर्घट”ना भएपछि नै आमालाई त्यो समस्या देखिएको हो ।

त्यो समस्या उनको फेरी बल्झियो । दशैंको अघिल्लो दिन उनलाई पहिलाकै अवस्थामा पुगिन् । आमाले छोरालाई पनि चिन्न सकिनन् । आमालाई अस्पतालमा भर्ना गरेर दशैंमा टिका नलगाउने बिचार गरे । तर विदेशमा रहेका विक्र’मका बुवाले आग्रह गरेपछि दशैंको रातो टिका लगाए ।

आमा औषधि खाएर लठ्ठ परेकी थिइन् । बुवाको आ’ग्रह पछि लठ्ठ परेको आमालाई जबरजस्ती उठाएर टिका लगाएर तस्बिर खिचेको बताए । उनले भने, आमा औषधि खाएर लठ्ठ पर्नुभएको थियो । बुवाले मेरो लागि भएपनि टिका लगाइदेउ भनेपछि आमालाई जबरजस्ती उठाएर टिका लगायौं र बुवालाई फोटो खिचेर पठायौं ।

दुखमा पनि हाँस्न सक्नुपर्छ भन्ने सोँचेर आफुहरुले त्यस्तो दुखको बेलामा पनि दशैं मनाएको मनुको भनाई छ । मनुको आमाबुवाले पनि दशैंमा फोन गरेर राम्रोसंग बोलेका कारण मनु भने खुसी छन् । मनुको आमाबुवाले घर कहिले आउँछौ भनेर बोलाएका कारण निकै खुसी लागेको विक्रमले बताए ।

करिव दुईवर्ष अघि पोखरामा बाइक दुर्घट’नामा परी पुरै शरिर नचल्ने अवस्थामा पुगेका २३ वर्षीय विक्रम सुनारसँग बैवाहिक बन्धनमा बाधिएकी हुन् मनु लामा। मनु उनको जीवनमा देवी बनेर आएकी छिन् भन्दा केहि फरक नपर्ला।

उनीहरु बीच फेसबुक मै प्रेम बसेको थियो । उनले वास्तविकता थाहाँपाएपछि पनि उनले झनै सम्झाउने बुझाउने र साथ दिने बाचा गरिन। तर पनि विक्रमलाई उनको कुरामा विश्वास लागेन। उनले पहिला आफ्नो अबस्था हेर अनि मात्रै जे ठिक लाग्छ त्यही गर भनेका थिए जसकारण सर्लाही घर भएकी उनी विक्रमको अवस्था हेर्न काठमाडौँ आइन। काठमाडौँ आएर उनी एक हप्तासम्म उनकै सेवा गरिन। त्यसपछि उनले उनीसँगै जिन्दगी विताउने निर्णय गरी घरपरिवार विरुद्ध गएर विवाह गरिन।

डाक्टरले उनलाई आत्मबल बढाउँन र धैर्य गर्ने सल्लाह दिएका छन्। उनको जीवनमा मनु आएपछि उनले आशाको किरण देखेका छन्। अहिले मनुको एक मात्र सपना भनेको विक्रमलाई आफ्नै खुट्टाले हिडेको देख्नु र आफ्नै हातले खाना खाएको देख्नु हो । यो सपना पुरा गर्नको लागि उनीहरु साथ सहयोगको माग गरिरहेका छन्।

भिडियो हेर्नुहोस्…