Wednesday, November 20

दुर्गेसले भने, ‘२४ घण्टामा फेरि गीत अपलोड गर्छु’ पूरा खबर हेर्नुहोस…

काठमाण्डौ – मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले प’क्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिए पछि प्रहरीले उनलाई प’क्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमा ण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प’क्राउ गरेको हो ।

थापालाई बालाजुबाट निय’न्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिनु भयो । दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भ’ड्किलो बनाउने भन्दै उजुरी परेको थियो ।

महा नगरीय प्रहरी परिसर टेकुमा प्रहरीसँगको छलफल पछि सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै गायक थापाले प्रहरी भनेका केही शब्दहरुमा बिप गरेर २४ घण्टा पछि गीत अपलोड गरिने जानकारी दिए ।

दुर्गेसले आफूले गल्ती गरेको पनि स्वीकारेका छन् । उनले भने, ‘मैले गल्ती गरेको हो, अहिलेको युवापुस्तालाई यस्तै गीत मनपर्ने भएकोले यस्तो गीत निकालियो ।

आ*क्रोशमा आएर कामा गरियो ।’ अरुले पनि यस्ता गीतहरु निकालेका छन् तपाईलाई मात्र किन यस्तो परेको होला भन्ने प्रश्नको जवाफमा उनले अरुको बारेमा कुरा नगरौँ भन्दै आफूले गल्ती गरेको स्वीकारे ।

साथै उनले आगामी गीतहरुमा सुधारेर काम गर्ने पनि जानकारी दिए ।

उनले प्रहरी परिसरमा छँदै गीत यु’ट्युबबाट हटाएका थिए । प्रहरीले पनि आफूलाई गीत परिमार्जन गरी राख्नको लागि अनुरोध गरेको उनको भनाइ छ ।

प्रहरीले आफूलाई बि’यर र गाँ’जाको प्रचार गर्न नपाइने भनेकोले २४ घण्टाभित्र पुनः राखिने गीतमा गाँ’जा र बि’यर लगायतका शब्दहरु बिप गर्नुका साथै धु’मपान र म’द्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश राखिने उनले बताए ।

यो पनि हेर्नुहोस- ‘बीच्च बीच्चमा’का गाएक दुर्गेश थापा पक्राउ परेपछि गायिका ज्योति मगर आक्रोश हुदै मिडियामा (भिडियो सहित)

काठमान्डौ-‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट चर्चामा आएका गायक दुर्गेश थापाले प्रहरी कार्यालय धाउनुपर्ने भएको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो ।

उनलाई प्रहरीले पक्राउ गरे संगै गायिका ज्योति मगर आक्रोसित हुदै मिडियामा आएकी छिन्।ज्योति भन्छिन ‘यो भन्दा अगाडी पनि यस्तो गीत गाउनेलाई किन समाउन सकेन”?

दुर्गेशलाई सिध्याउन यस्तो खेल खेलेको उनको भनाई छ ।एता दुर्गेश भन्छन ‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ,’ उनले भने । कहिले जानुहुन्छ त भन्ने प्रश्नमा थापाले जवाफ दिए, ‘हेरौं, कहिले हुन्छ ।’

दुर्गेशलाई प्रहरीले डाकेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्‍यो भन्ने प्रतिक्रिया धेरै आएका छन् ।

यूट्यूवमा पनि गीतमाथि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए । त्यसलाई सहन नसकेर दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।

हेरौ भिडियो कुराकनी :