Wednesday, November 20

दुर्गेश थापाले यु’टुबमा फेरी अपलोड गरे नयाँ भर्स’नको डन आयो डन*…-हेर्नुहोस (भिडियो सहित) सहित

काठमाडौं – गायक दुर्गेश थापा ले यु’टुब बाट हटाएको गित युटुब मा फेरी अपलोड गरेका छन् ।केहि सब्दहरु हटाएर र केहि ठाम आब बिप गरेर नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलो”ड गरिएको हो ।

गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्या’प्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।

थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । ‘मेरो गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानल’बाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’।

दुर्गेशले विज्ञ’प्तिमार्फत भनेका छन् ।उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

‘यो गीत अन्य कसैले कपी* गरी प्रसारण नगरिदिनु हुन समेत सार्वजनिक रुपमा अनुरोध छ,’ उनको आग्रह छ । यद्यपि सो गीत युट्युबमा अरुले अपलोड गरिएको भने भेट्न सकिन्छ ।

मोडल तथा गायक थापाले ‘अञ्जानवश’ नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द प्रयोग गरिएको बताएका छन् ।

गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त गीत विवादमा आएपछि उनले युट्युबमा उक्त गीतमा कमेन्ट गर्ने सुविधा नै हटाएका थिए । गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।

हेर्नुहोस भिडियो…