2021-01-20 1359
पत्रकार रबि लामिछानेद्वारा न्युज २४ छोडेको औपचारिक घोषणा गरेका छन्। केहि दिन पहिले केही मिडियामा रविले न्युज२४नेपाल छोड्दै भन्ने शिर्सकमा समाचार लेखेका थिए तर रवीले यसबारे औपचारिक जानकारी दिएका थिएनन्।
रविले केहीबेर पहिले सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस् लेख्दै न्युज२४ छोडेको औपचारिक घोषणा गरेका छन्। उनले लेखेका छन्
भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।
प्रतिकृया दिनुहोस्