Tuesday, November 12

आजको राशिफलः बि.स.२०७६ साल कार्तिक ११ गते सोमबार इश्वी सन २०१९ अक्टोबर २८ तारीख कार्तिक कृष्ण पक्ष औंसी तिथी…

आज श्री शाके १९४१ बि.स.२०७६ साल कार्तिक ११ गते सोमबार इश्वी सन २०१९ अक्टोबर २८ तारीख कार्तिक कृष्ण पक्ष औंसी तिथी ९ः४३ बजे सम्म पश्चात प्रतिपदा तिथी स्वाती नक्षत्र प्रीति योग किंस्तुघ्न करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा छत्र योग परिधावीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु यम पञ्चक तिहार, सोमवती अमावास्या,स्नान–दान गर्ने सोमवारे औंसी, हलो बार्ने औंसी, गाई/गोरु पूजा तथा हली तिहार, बलि पूजा, म्हपूजा –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । प्रेम सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बलस्थान प्राप्त रहनेछ । देश बिदेशको यात्राका निम्ती समय उत्तम रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । गरीरहेको कार्यमा खोटलगाउने ब्यतिका कारण कार्य सम्पादनमा बिशेष सजग रहनु पर्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कार्यमा जुट्ने समय रहेकोछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । मित्रजनहरुको साथसहयोगमा आम्दानिका बिभिन्न श्रोत हरु फेला पर्नेछन । पारीवारिक सम्बन्धमा भने सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – पारीवारिक झोर झमेलाका चपेटामा फस्न सक्ने समय रहेकोछ । केहि अशुभ समाचारका कारण मनमा खिन्नता उत्पन्न हुन सन्नेछ । गरीरहेका कार्यका क्षेत्रमा सामान्य अपजसको भागिदार भईने समय रहेकोछ । सवारि साधनको प्रयोमा बिशेष साबधानिअपनाउनु पर्ने समय रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – मित्रजनहरुको अधिक निकटताका कारण सामान्य खर्चको सामना गर्नु पर्ने समय रहेकोछ । यात्रामा क्षेत्रमा साबधानि अपनाउनु होला । मनमा उत्पन्न अहंकारका कारण आफन्न जनहरु सगँको सम्बँधमा सामान्य तिक्तता उत्पन्न हुनेछ । अध्यन अध्यापनमा समय त्यति उत्तम रहने छैन ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – कार्यक्षेत्रका गलन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ । पुराना तथा अधुराकार्यहरु सम्पादन गर्न समयले साथ दिएको छ । स्वास्थका क्षेत्रमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्न जनहरुलाई बशमा पार्न सकिने समय रहेकोछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । तपाईको कार्यको प्रशंसा बढनुका साथै नयाँ कार्यहरु पनि हातलाग्नेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको साथ उत्तम साबित रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – गरीरहेको कार्यमा बिभिन्न झोर झमेलाको सामना गर्नु पर्नेछ । अनावश्यन खर्चका कारण तात्कालिन आर्थिक अभाबको सामना गर्नुपर्नेछ । नजिकका मित्रजनहरु बाटनै बिश्वास घातहुन सक्नेछ । अरुको दवावमा परि गरीएका निर्णयहरु बाट पछि पछुताउनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – नयाँकार्यको थालनिको बिषेश योग रहेकोछ । बौधिक ब्यतित्वहरुको साथ सहयोगमा आम्दानिका मनग्य श्रोतहरु फेला पर्नेछन । छोटो समयमानै ब्यपार ब्यवसायमा मनग्यलाभ उठाउन सक्नाले मन प्रशन्न रहनेछ । समय अनुरुप चल्न नसकेको अनुभुतिभने मनमा खट्कीनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामाजिक कार्यका क्षेत्रमा बिषेश जिम्बेवारी बहन गर्नुपर्ने समय रहेकोछ । आफ्नो कला र कौशलको प्रयोगमा अरुलाई प्रभाबित तुल्याई सामान्य मान सम्मानको प्राप्ती समेत मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनाले मन प्रफुल्लीत रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – धार्मिक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । यात्रा मनोरञ्जनपुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कार्यक्षेत्रमा बिभिन्न अवसरहरु प्राप्त रहेतापनि समयको सदुपयोग गर्न नसकिएको महसुस हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या झेल्नु पर्ने समय रहेकोछ । कार्य सुरुवात गर्नु पुर्ब हरकोहिलाई जानकारि नदिनुनै उत्तम रहनेछ । तपाइको कार्यमा त्रुटिदेखाउनेहरुको बृद्धी हुनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।