काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निʼधन भएको छ । गायक बानियाँको दुवै मृगौऽलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचाʼरार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिʼवारिक स्रोʼतले जनाएʼको छ ।
गायक बानियाँको ‘लडाʼईँको लाʼहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुʼरी, यति राम्रो झिʼल्के, स्याʼङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झʼरना संगीत संचालन समेत गर्दै आएका थिए ।
तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।
बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बुधबार नै पशुपति आर्यʼघाटमा अन्त्येʼ ष्टि गरिने बिजीले बताए ।
लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाफन्जली दिइरहेका छन् ।
हेर्नुहोस भिडियो..
प्रतिकृया दिनुहोस्