Tuesday, November 12

श्रीमती सुनि’तासहित नेपाल आए गोविन्दा: भन्छन् गुन्द्रु’कको झोल र भात खाने ठुलो इच्छा छ- हेर्नुहोस् (भिडियो सहित )

गोबिन्दा श्रीमती सहित नेपा’लमा, गोबिन्दाले नेपाली बो’ल्दा हासिन श्रीमती,निरुताले गा’ईन मिठो गीत 

काठमाण्डौ- १९ कात्तिक, काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन । उनी आफ्नी श्रीमती सुनिता आहुजासहित नेपाल आएका हुन् ।

कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् । उनीसँगै भारतको मुम्बई बस्दै आएकी नायिका निरुता सिंह पनि नेपाल आएकी छन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघको विशेष निमन्त्रणामा आएका गोविन्दाले पुनः नेपाल आउने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

बलिउडका चर्चित अभिनेता गोविन्दा अहुजा र अभिनेत्री निरुता सिंह नेपाल आई पुगेका छन् । उनीहरु यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूहरु पूजापाठको लागि सधैँ आउने गरेको भएता पनि पहिलोपटक चलचित्रसँग सम्बन्धित कार्यक्रमको लागि नेपाल आएको बताए ।

गोविन्दाले आफूलाई चलचित्रको कार्यक्रममा बोलाएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई धन्यवाद दिएका छन् ।

उनले आफूले नेपाली फिल्महरु हेरेको भएपनि कुनै पनि चलचित्र पूरै नहेरेको बताए । उनले नेपालमा आएर गुन्द्रुकको झोल र भात खान मन लागेको स्पस्ट पारे ।

उनि यो भन्दा अगाडी नेपालमा आउदा पनि निकै चर्चा रहेको थियो।

उनकी श्रीमती पनि निकै रमाईलो गर्ने रहेकी छिन।उनकी श्रीमती नेपालकै हुन्।नेपाल छाडेपनि बाहिर रहेरै नेपालको माया जोडिरहेको उनको भनाई थियो ।

एता निरुता सिंह पनि केहि समय बिरामी भएर फेरी नेपाल फर्किएकी हुन्।अब नेपाली माटोमै रहने निरुताको भनाई छ।

भिडियो हेर्नुहोस् :