Monday, March 30

भारतद्वारा नेपालको दाबी अस्वी’कार, नेपालको भू-भाग नमिचि’एको भारतको जि’किर

काठमाडौं, २१ कात्तिक । भार’तले जारी गरेको नक्सा’लाई लिएर नेपालमा चर्को विरोध भएपछि आफ्नो नक्सामा नेपाली भू-भाग परेको भन्ने नेपालको दावी’लाई भारतले ठाडै अस्वी’कार गरेको छ ।

भार’तीय विदेश मन्त्रालयमा बिही’बार आयोजित नियमित पत्रकार सम्मेलनमा नयाँ नक्सामा नेपालसंगको सी’मा परिमार्जन समेत नगरिएको दाबी भारतको छ ।

पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने,‘हाम्रो नक्सा’मा भारतको आधिकारिक क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा कुनै हेरफेर गरिएको छैन ।’

तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र’मार्फत समाधान गर्न सकिने रविशकुमारको भनाइ छ । रविसकुमारले सीमा विवादको विषय दुई देश’बीचको सम्वन्ध विगार्ने तत्व सक्रिय भएको हुन सक्नेतर्फ भने दुबै देश सचेत बन्नु पर्ने बताए ।

भार’तले हालै जारी गरेको राज’नीतिक नक्सामा नेपाली भूभाग का’लापानी,लिपु’लेक र लिम्पिया’धुरालाई भारतीय भू-भागका रुपमा समेटिएको छ ।

यसलाई लिएर चर्को विरोध भएपछि नेपाल सरकारले एक विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा आफुलाई स्वीकार्य नभएको जनाएको थियो ।’-न्यूज२४नेपालबाट।