Tuesday, November 12

चर्चित हाँस्य टेलि’श्रिंखला सक्की*गोनीको आजको ताजा हेर्नुहोस (भिडियो)

चर्चित हाँस्य टेलिश्रिंखला सक्की*गोनीको आजको ताजा भाग ८ हेर्नुहोस (भिडियो)

काठमाडौं । हाँस्य टेलिश्रिंखला सक्की*गोनीको भाग
७ प्रशारणसम्म आइपुग्दा यस टेलिश्रिंखलाको लोकप्रियता निकै बढेको छ । ७ भागमै यतिको चर्चामा आउनुको कारण पहिलेको चर्चित भद्रगोल पनि हो ।

मिडिया हबसँग कुरा नमिलेपछि कुमार कट्टेल (जिग्री) तथा अर्जुन घिमिरे (पाडे) ले सक्किगोनी नामक टेलिश्रिंखला लिएर आएका हुन् । सक्कि€गोनीमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । कथा, सम्वाद तथा कलाकारको उत्कृष्ट अभिनयले सबैको मन जितेको छ । यसैबीच भाग 3 (बिहीबार) प्रशारण भएको तेस्रो एपिसोडमा दर्शकहरु हाँस्दाहाँस्दै भावुक भए ।

दशैंको रमाइला संवाद र दृश्यबाट सुरु भएको यो श्रिंखला अन्त्यमा वैदेशीक रोजगारीको पीडामा पुगेर टुंङ्ग्या*इएको थियो ।

सक्किगो*नीको तेस्रो भागमा (युट्यु*वमा) लगगभ पाँच हजार कमेन्ट आएका छन् भने, पाँच लाख २२ हजारभन्दा बढीले हेरिसकेका छन् । अधिकांश प्रतिक्रियामा सक्किगोनीको यो भाग निकै उत्कृष्ट भएको दर्शकले दिएका छन् ।  प्रशारित श्रिंखलामा पात्र वरिष्ठेले पाडे र धतुरेलाई खोरमा बाँधेको, पाडेले जयन्तेलाई भेँडा बनाएर बिक्री गरेको, बले र कक्रोज वैदेशिक रोजगारीमा गएका व्य*क्तिको श्रीमतीसँग नजिकिन खाजेको रमाइला दृश्य र सम्वाद प्रस्तुत छ ।

तर दसैंको पूर्वसन्ध्यामा एदुमे विदेश जानुपर्ने बाध्यतामा पर्नु र विदेश गएका पुरुषको शव बाकसमा आएको दृश्यले सबैलाई स्तब्ध बनाउँछ ।

जुन औंलाले भोट त्यही औंलाले विदाई : छोरा यदुमेलाई विदाइ गर्ने क्रममा काकुले भनेका शब्द वास्तविक छन्, दसैंको मुखमा यसरी टिका लगाएर बिदा गर्नुपर्दा मलाई दुख लागेको छैन, छोरा ।

कुनै पनि नेपालीले विदेशिनु नपरोस् भनेर यही औंलाले धेरैपटक भोट हालें मैले । दसैंको मुखमा आज आफ्नै छोरालाई श्रम बेच्न पठाउन यही औंलाले टिका लगाउँदैछु
आफ्नै देशमा मर्न पाइयोस् : श्रिंखलाको अन्त्यमा सन्देश पनि दिइएको छ, बैंकमा आउने रेमिट्यान्स मात्र हेरेर मात्र हुँदैन त्रिभुवन विमानस्थलमा काठको बाकसमा आउने लाश हेर्नुपर्छ ।

बाकसमा लाश मात्र होइन देशको लाचारता पनि सँगै आउँछ । हामी नेपालीको यही चाहना छ कि सरकार आफ्नै देशमा केही गर्न पाइयोस् । आफ्नै देशको माटोमा मर्न पाइयोस् ।

भिडियो हेर्नुहोस्…