Tuesday, November 12

पानी बेच्ने अर्चनासंग कमला घिमिरेको इन्द्रेणिमा भेट, फोटो खिच्न नमानेपछी यसो भनिन् अर्चनाले -हेर्नुहोस्( भिडियो सहित)

काठमाण्डौं- एउटी ९ वर्षीय अबोध कलिली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै यति सानै उमेरमा आफ्नो आमा बचाउनको लागि यति धेरै दु:ख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्दै आइर्रहेकी अर्चना पराजुली अहिले कक्षा ३ मा पढ्दै छिन् । पढाईमा पनि एकदम मेहनेती छिन् ।

बाबा मिर्गौला रोगकै कारण केही महिना अघी बिते र आमा पनि मुटु र मिर्गौलाकै बिरामी छिन् । आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण आमा काम गर्न नसक्ने भएका कारण उनि उपचार खर्च जुटाउन पानी बेच्दै आइरहेकी थिईन् । उनकी दिदि पनि पढाईमा अब्बल छिन् ।

अहिले अर्चनाको परिवारलाई सहयोग गर्नेको लर्को नै लागेको छ । धेरैले उनीहरुलाई सहयोग गरिरहेका छन्। उनलाई र उनको परिवारको यस्तो दयनीय अवस्था देखेर देश तथा विदेशबाट मनकारी मनहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन्। यसैविच अफगानिस्तानको अमेरिकी क्याम्पमा कार्यरत मनोज ठकुरीले पनि अर्चनाको परिवारको लागि सहयोग गरेका छन्।

आज अर्चनाको अनुहारमा खुसि छाएको छ। दु*खै दु*खसंग जीवन काटिरहेकी अर्चना र उनकी दिदि घुमेर र सपिङ्ग गरेर निकै खुसि देखिएका छन्। अन्तत : कृष्ण कंडेलले संचालन गर्ने लाइभ दोहोरी कार्यक्रम ‘इन्द्रेणी’ मा आज अर्चना र उनकी दिदि पनि सहभागी हुन पुगेका छन्। उनको पढाईको लागि विदेशबाट संकलन भएको ३२,००० सहयोग रकम इन्द्रेणीमा अर्चनालाई हस्तान्तरण गरिएको छ।

भिडियो हेर्नुहोस्…