Tuesday, November 12

अचा’नक प्रधानमन्त्री ओलीले गरे यस्तो अचम्मको निर्णय ! कार्यक’र्ता चकित -हेर्नुहोस

काठमाण्डौ- प्रधा’नमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन् । शुक्रबार बालुवाटारमा सबै सल्ला’हकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निकट उच्च स्रो’तले दिएको जान’कारीअनुसार पछिल्लो समय प्रधानमन्त्री आफ्ना सल्लाहकारहरुको कामबाट त्यति सन्तु’ष्ट छैनन् । सल्लाहकारहरुको बारेमा पार्टीभित्रै चर्को आलोचना भएपछि प्रधा’नमन्त्री ओली यो निर्णयमा पुगेको स्रोतको दाबी छ ।

नेकपाका एक नेताले भने,‘सल्लाह’कारहरुको विवादित कामले गर्दा प्रधानमन्त्रीको समेत स्वयम आलोचना भएको थियो । अब प्रधानमन्त्रीज्यू निर्मम ढंगले अघि बढ्ने तयारीमा जुट्नु’भएको छ ।

दुई दिनअ’घिमात्रै ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बोलाएर यस विषयमा पनि गम्भिर छलफल गरेका थिए । प्रचण्डले पनि नयाँ ढंगले अघि बढ्न सुझाए’का थिए ।

यता प्रधानमन्त्रीको निर्देशन लगतै सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रि’परिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।’
मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली’सहित सबैले राजीनामा दिने छन् ।

‘भोलि आवश्यक परेकालाई प्रधानमन्त्रीले फेरि बोलाउन पनि सक्नुहुन्छ’ एक सदस्यले भने, ‘तर अहिले सबैले राजीनामा दिन्छौं ।’ पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् । ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए ।

केहि दिन अगाडी ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेका छन्। नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका हुन ।-(धनकुटाखबर)