काठमाडौं, २५ कात्तिक । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डे प्रहरी सम्पर्कमा पुगेकी छिन् ।
चितवनकी बिन्दु न्यौपानेले ठगी गरेको जा हेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो ।
महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार पुगेकी हुन् । पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन नभएपछि न्यौपानेले पाण्डेविरुद्ध उ जुरी गरेकी थिइन् ।
प्रहरीका अनुसार ती महिलालाई अमेरिका पठाउने भनी आफ्ना पूर्वपतिसँग पाण्डेले बिहे गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उ जुरी दिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताए ।
महानगरीय प्रहरी वृत्त बौद्धमा सारदा पाण्डे पुग्दा उनले मुख छोपेर आफ्नो परिचय लुकाउन खोजेकी थिइन । तर उनले ‘प्लिज फोटो नखिच्नुस है’ है भन्दै हत्तपत्त भित्रे छिरेकी थिइन ।
हेर्नुहोस् भिडियो…