Thursday, April 9

नेकपाकी विद्या भट्टराई कास्की- २ मा अगाडि यस्तो छ मत परिणाम..

कास्की । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की २मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार भट्टराइले ३ हजार २७६ मत प्राप्त गरेकी छिन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार ११५ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन्।

कास्की–२ मा राति पौने २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

यो पनि … यी चार ठा’उँमा नेकपा वि’जयी … हेर्नुहोस्

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ ।

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नविन कुमार श्रेष्ठ (सुर्य) ९९३ मत ल्याउँदै विजयी हुनुभएको छ । त्यस्तै प्रकाश सँढाई (रुख) ४८२, गाई १६, लौरो १२, बदर ११ मत रहेको छ ।

जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ । जसमा सल्यान, कुमाख गाउँपालिका वडा नं. ५ मा भएको निर्वाचनमा धर्मे बुढाथोकी (ज्वाला) ७९२ विजयी हुनुभएको छ ।

कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ ।