Saturday, June 3

मुख्यमन्त्री राईको हुनेवाली श्रीमती जाङमु शेर्पा, पहिलोपटक मिडियामा हेर्नुहोस रमाइलो कुराकानी (भिडियो सहित)

2021-01-23 1818

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाʼहिक बन्धनमा बाँधिने भएका छन्। मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो। राई र शेर्पाबीच माघ ११ गते विवाह हुने भएको हो।

संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमा☪डौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए।

२०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।

को हुन् त जाङमु शेर्पा ? भन्ने प्रश्न पनि धेरैको मनमा रहेको छ । जाङमु शेर्पाले शेरधनसंगको वैबाहीक सम्बन्धको कुरा बाहीरिएपछि पहिलो पटक मिडियामा आफ्ना कुराहरु राखेकी छन् । उनी एक मोडेल हुनुका साथै कार्यक्रम प्रस्तोता पनि भएको कुरा उनी आफैले बताएकी छन् ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

मोडल जाङ्मु इन शेर्पा २०१९ मा सगरमाथा आरोहण गर्ने तयारीमा थिइन् । यसका लागि उनी सगरमाथा आधार शिविर पनि पुगिन् ।‘हाइ अल्टिच्युड टेस्ट’का लागि शिविर पुगेको केही महिनामै मिस मंगोलमा भिडिन् । मिस मंगोल–२०१८ को विजेता बनिन् उनी ।मिस मंगोलको ताज जितेसँगै लक्ष्यको बाटो मोडियो । त्यसपछि सगरमाथा आरोहणको कार्यक्रम थाँती राखे र असहाय बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम योजना अघि सारिन् ।

‘बेस क्याम्पसम्म पुगें । २०१८ अप्रिलतिर गएको थिएँ । २०१९ को प्लान एभरेस्ट चढ्नु थियो । बीचमा मिस मंगोलमा पार्टिसिपेट भएँ,’ आफ्नो योजनाबारे उनले थपिन्, ‘ताज पनि जिते मिस मंगोलको ताजले एभरेस्ट चढ्ने योजना यु टर्न गरिदियो ।’ संखुवासभा मकालुकी जाङ्मु मोडलिङ हुँदै सौन्दर्य क्षेत्रमा प्रवेश गरेकी हुन् । विभिन्न कार्यक्रममा एमसीको भूमिकामा पनि देखिन्छन् ।

शेर्पा र नेपाली गीतमा मोडलिङमा व्यस्त उनले पछिल्लोपटक असहाय बालबालिकाका लागि आफ्नो समय खर्चने सपना बुनेकी हुन् । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा पनि असहाय बालबालिकाका लागि समय खर्चनु अझ राम्रो हुनेमा विश्वस्त छिन् उनी । ‘विनर भएपछि समाजमा के योगदान दिने त ? मलाई इजुकेसनमा फोकस गर्न मन लाग्यो ।

त्यसैले म यो क्षेत्रमा लागेको । यसमा फस्ट रनर अफ र सेकेन्ड रनर अपको पनि साथ छ,’ जाङ्मुले भनिन् । सगरमाथा चढ्दा सफल भए आफू एक जना सफल हुने र शिक्षामा समय खर्चेमा धेरै बालबालिका लाभन्वित हुने उनको बुझाई रहेको छ । भन्छिन्, ‘एभरेस्ट चढे पर्सनल मेरो लागि मात्र हुने भयो । तर एभरेस्ट चढेजस्तै दुःख यता गरे अरु धेरैले इजुकेसन पाउने भयो । यसैले यही काम गर्छु भनेर लागेको छु ।’

उसो त जाङ्मुले सगरमाथा चढ्ने सपना झट्टै त्यागिहालेकी छैनन् । सगरमाथाको चुचुरोमा पुग्न धेरै समयहरु बाँकी रहेको उनको तर्क छ ।
असहायलाई कसरी पढाउने त ? ‘स्कलरसिप फन्ड घोषणा भइसक्यो । डिसेम्बरमा यो घोषणा भइसक्यो । यसबाट आउने ब्याजले नै बालबालिकालाई पढाउने तयारी भइरहेको छ,’ जाङ्मुले सुनाईन् । ‘सानैदेखि इजुकेसन क्षेत्रमा केही गर्ने मन थियो । मिस मंगोलले यसको ढोका खोलिदियो । यो मेरो लागि ड्रिम प्रोजेक्ट हो ।’

२७ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

जाङमुको गाउँमै भएतापनि उनको लालनपालन काठमाणडैमा भएको हुनाले उनले गाउँको परिवेशमा आफुलाई अहिलेसम्म नभिजाएको बताउँछिन् । गाउँले परिवेशमा हुर्कन नपाएपनि उनलाई गाउँले वातावरण र जीवन निकै नै मन पर्ने बताएकी छन् । उनले स्देश र विदेशमा कार्यक्रम सञ्चालन गर्दै आएको बताएकी छन् । अन्ततरवार्ताकै क्रममा उनले शेरधनसंगको विबाहको विषयमा भने कुनै कुरा गरेकी छैनन् ।-नयाँबाटोबाट

 

प्रतिकृया दिनुहोस्