Sunday, September 27

कास्की-२ मा नेकपाकी विद्या भट्टराई यति मतान्तरसहित पराजित गर्दै उनी विजयी

कास्की / कास्की-२ को उप चुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।

यसअघिको निर्वाच नमा तत्कालीन पर्यट नमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली का ङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विजयी भएसँगै विद्या लाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मे दवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मत परिणाम भने निर्वाचन आयोगले घोष णा गर्न बाँकी छ ।