Saturday, January 18

धरानमा नेकपाका उमेरदवार भन्दा काँग्रेस उमेरदवार अघि -हेर्नुहोस पछिल्लो मत परिणाम..

सुनसरी । धरान उपमहानगरपालिकाको मेयर पदको लागि भएको उपनिर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पर्दासम्म उपमहानगरपालिकाको वडा नं २०, १९, १८, १७, १६, १५, १४ र १२ को मत गाणना पुरा भइसकेको छ ।

र अन्य वडाको मत गणना भइरहेको छ । यो अवस्था नेपाली काँग्रेसका उमेरदवार तिलक राईले सबैभन्दा बढी ११ हजार ८ सय २७ मतले लिड गरिरहेका छन् ।

त्यस्तै उनका प्रतिद्वन्दी सत्तारुढ नेकपाका उमेरदवार प्रकाश राईले ११ हजार १ सय २० मत प्रापत गरेका छन् ।

हालसम्मको यो परिणाम हेर्दा नेपाली काँग्रेस नेकपा भन्दा ७०७ मत सहित अगाडी रहेको छ ।

यो पनि.. कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी..

कास्की / कास्की-२ को उप चुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।

यसअघिको निर्वाच नमा तत्कालीन पर्यट नमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली का ङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विजयी भएसँगै विद्या लाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मे दवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् । अन्तिम मत परिणाम भने निर्वाचन आयोगले घोष णा गर्न बाँकी छ ।