Friday, December 6

दूवईबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागी आयो सहयोग..

चितवनमा निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्य चलिरहेको छ। यसै बिच चितवनका सक्रिय युवा सामाजिक अभियान्ता अर्जुन भुषाल मार्फत बैदेशिक रोजगारीका लागी दुबई बसोवास गर्नुहुने प्रशान्त पराजुली सहित ३८ जनाले सयोग गरेको कुरा धुर्मुसले आधिकारीक फेसबूक पेज (धुर्मुस सून्तली फाउन्डेसन) मा जानकारी दिएका छन्। उनले फेसबुकमार्फत भन्छन्..

जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी चितवनका सक्रिय युवा सामाजिक अभियान्ता अर्जुन भुषाल मार्फत बैदेशिक रोजगारीका लागी दुबई बसोवास गर्नुहुने प्रशान्त पराजुली सहित ३८ जनाले २५ हजार रुपैंया बरावरको खाद्यान्न (चामल, तेल, चाउचाउ र बिस्कुट), जापान रहनुहुने अनिता कँडेल, प्रकृती कँडेल र प्रशन्न कँडेलले जन्मदिनको अवसरमा ३१ हजार रुपैंया बरावरको खाद्यान्न (चामल, तेल, राज्मा, चाउचाउ आदी) र फिनल्याण्ड बसोवास गर्नुहुने बसन्त भण्डारीले ५ हजार बरावरको चामल सहयोग स्वरुप धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा प्रशान्त पराजुली, अनिता कँडेल, प्रकृती कँडेल प्रशन्न कँडेल, बसन्त भण्डारी सहित सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’