Thursday, April 9

चर्चित र्‍यापर भिटेनको नयाँ गीत यु’ट्यु’ब ट्रेण्डि’ङ्गको पहिलो स्थानमा-हेर्नुहोस् (भिडियो सहित)

मङ्सिर १९, काठमाडौं /चर्चित र्‍यापर समिर घिसिङ्ग अर्थात भिटेनको नयाँ गीत बजारमा आएको छ । र्‍यापर भिटेनको सुमधुर स्वरमा ‘थाहा छैन ‘ बोलको म्युजिक भिडियो शनिबार युट्युबमा सार्वजनिक भएको थियो ।

अहिले र्‍यापर भिटेनको ‘थाहा छैन’ बोलको म्युजिक भिडियो युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा रहेको छ ।

हा मि यस्तै त हो नी ब्रो बाट चर्चामा आएका भिटेनको नयाँ गीत बजारमा आए लगत्तै धेरैले हेरेका छन् । हालसम्म यस गीतलाई युट्युबमा ९ लाख ४२ हजार भन्दा बढी पटक हेरिसकिएको छ ।

यस गितको भिडियोको निर्देशन सुरज दलामी मगरले गरेका छन् । हालसम्म लाखौ फ्यान कमाएका घिटेनको यो गीत धेरैले रुचाएका छन् ।

भिडियो हेर्नुहोस्…