काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ ।
सोम धिताल उत्पादन सल्लाहकार तथा राजु र बल्छीको निर्देशन रहेको सिरियलमा राजु भट्टले सम्पादन तथा अशोक चौधरी सह-सम्पादन गरेका हुन् ।मरिचमान श्रेष्ठ र राजु पौडेलको स्क्रिप्ट लेखन रहेको श्रृंखलामा राहुल राईको छायांकन अनि निर्मला आचार्यले मेकअप गरेका छन् ।
टेलिश्रृंखलामा रहेको शीर्ष गीतको संगीत विपिन आचार्यले दिएका हुन् भने राजेशपायल राईले स्वर दिएका छन् ।
टेलिश्रृंखलामा राजु पौडेल,मरिचमान श्रेष्ठ,अनिता बस्नेत,कमला रेग्मी,दीपक शर्मा,पल्लवी महरा,बेगम पुन मगर,पुस्कर ढुंगेल,कुमार गजुरेल,उज्वल खड्का,आशा भुषाल,क्षितिज सुवेदी,प्रतिज्ञा भण्डारी,सविना गिरी र अन्य कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्