Wednesday, October 21

पत्रकार रवि लामिछानेका बारेमा नकारात्मकबोल्ने‘दिल निशानी मगरका लागी निकै महगो साबित ..

काठमाडौँ- न्युज २४ टेलिभिजनमा ” सिधा कुरा जनता संग ” कार्यक्रम चलाउँदै आएका लोकप्रिय कार्यक्रमको लोकप्रिय पत्रकार ‘रवि लामिछाने’ बारे अन्य भन्दा फरक धारणा राख्ने अर्का पत्रकार तथा लेखक ‘दिल निशानी मगर’को फेसबुक अन्ततः बन्द भएको छ ! रविको विरुद्ध बोलेपछि विगत केहि महिना देखि निशानी सामाजिक संजालमा अत्यन्त चर्चित पात्र हुन ! विशेस गरि उनले ‘ रवि जस्ता हजारौ पत्रकार नेपालमा भएको तर रवि ओभरस्मार्ट बनेको आरोप लगाउंदै आएका छन् !

केहि दिन अघि सोनीका रोकायाको युटुब च्यानल वाउ नेपालमा अपलोड भएको एउटा भिडियोमा निशानी र सोनिकाले ” रवि भगवान ” भएको भन्दै रुँदै माफी मागेको अभिनय गरेका थिए ! करिब ९० हजार जनाले हेरेको उक्त भिडियोमा करिब ६०० जनाले लाईक गरेका छन् भने ३००० जना भन्दा बढीले डिसलाईक गरेका छन् ! भिडियो हेर्ने दर्शकहरुले कमेन्टमा चर्को गालि गरेपछि सोनिकाले उक्त भिडियोमा कमेन्ट डिसेबल गरेकी छन् !

 

त्यहि भिडियोमा रुँदै रविको विरुद्द व्यंग गरेपछि सामाजिक संजाल प्रयोगकर्ता निशानी र सोनीका विरुद्द झनै आक्रोशित बनेका छन् ! रवि विरुद्द अभिव्यक्ति दिने र व्यंग गर्ने क्रम नरोकिए पछी पत्रकार रविका समर्थक निशानिको फेसबुक बन्द गराउने अभियानमा लागेका थिए ! फेसबुकको धेरै ग्रुपमा उनको फेसबुक एकाउन्ट बन्द गराउने तरिका सिकाउंदै भिडियो अपलोड भएका थिए ! अहिले बेलुका ११ बजे चेक गर्दा उनको फेसबुक खुलेको छैन ! सामाजिक संजाल प्रयोगकर्ताको रिपोर्टका कारण बन्द भएको हो अथवा अन्य कारण बस बन्द भनेको हो त्यो भने खुलिसकेको छैन !

उता सोनीका विरुद्ध पनि सामाजिक संजाल प्रयोगकर्ताहरुको रिस मरिसकेको छैन, उनका पनि कार्टुन तथा ट्रोल बनाएर फेसबुकमा पोष्ट गर्ने क्रम जारी छ ! सोनीका सहभागी हुने भनिएको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि फेब्रुअरी १६ तारिक दक्षिण कोरियामा आयोजना हुन गईरहेको ” रेसुंगा सांस्कृतिक झलक भाग ३ पनि सोनीका कै कारण विवादमा परेको छ ! सोनिकाले समाजमा भल्गारीटि फैलाएको तथा राम्रो काम गर्ने मानिस माथि दुराग्रही ढंगले अन्तर्वार्ता तथा कार्यक्रम प्रशारण गरेको भन्दै उनलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्दै गएको छ !

यो सामग्री हामीले उज्यालोनेपालबाट लिएका हौं।

निशानी र सोनिकाले रुँदै अभिनय गरेर रवि माथि गरेको व्यंग। भिडियो हेर्नुहो