Tuesday, February 25

संसारको सबैभन्दा महंगो गाई जसको मूल्यले सबै चकित।

एजेन्सी। उत्तर अमेरिकामा पाइने ईस्टसाइड लेभिसडेल गोल्ड मिस्सी नामक गाई संसारकै सबभन्दा महंगो गाई हो।

होल्स्टीन प्रजातिको यो गाईले एउटा निश्चित समयावधिमा करीब नौ हजार सात सय लिटर दूध दिन्छ।

यही प्रजातिको गाईका कारण अमेरिका र क्यानाडामा दुग्ध क्रान्ति आएको थियो। गाईको लिलाम गरिँदा धेरै व्यापारीहरूले ठूलो बोली लगाए।

गाईलाई एक व्यापारीले करीब ३६ करोड रुपैयाँमा किनेका थिए।

यो पनि पढ्नुहोस:काठमाडौं। अमेरिकामा सात महिने बालक एउटा सहरको मेयर बनेका छन्। यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । उनी निर्वाचित मेयर नभई। उनलाई मानार्थ मेयर बनाइएको हो ।

उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए । ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिने समाचार एजेन्सीहरुले जनाएका छन् । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।

यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।