Wednesday, June 7

रवि लामिछाने बाʼ हिरिएपछि सीधाकुरा जनतासँग कार्यक्रममा सम्झनाको इʼन्ट्री-यस्तो रह्यो पछिल्लो एपिसोड (भिडिʼयो सहित)

2021-01-25 5786

केही वर्षदेखि रबि लामिछाने प्रस्तोता भएर चलाउँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग विवादमा पर्ने देखिएको छ । केही दिनअघिमात्र सो कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टिभि छाडेर केही समय विश्राम लिने उद्घोष गरेका थिए। रबि लामिछाने सहितको टिमले अर्को टेलिभिजन खोलेर सञ्चालन गर्ने तयारीमा लागेका रबि लामिछाने यतिबेला देशका विभिन्न भागमा पुगेका छन् ।

न्युज२४ टिभि छाड्ने बितिक्कै रवि लामिछानेले एउटा पोस्ट लेखेर अब आउने सीधाकुरा जनतासँग कार्यक्रम थप दमदार बनाउने घोषणा गरेका थिए । उनले लेखेका छन् : अब कार्यक्रमको तयारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला।हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला।

त्यस लगत्तै न्युज २४ नेपालको आधिकारिक फेसबुक पेज बाट पनि सीधाकुरा जनतासँग कार्यक्रम दमदार रुपमा ल्याउने भनेर पोस्ट गरेका थियो । यो सँगै २ पक्ष बीचको पोस्ट बाझिएको छ । न्युज २४ को पोस्ट यस्तो छ :

यो सँगै सीधाकुरा जनता संग कार्यक्रम कस्को भन्ने विवाद चुलिने सम्भावन भएको छ । यो विवाद कानुनी प्रक्रिया सम्म पुग्ने पनि सम्भावना देखिएको छ ।

आज प्रसारित सीधाकुरा जनतासँग कार्यक्रम हेरौं ।

प्रतिकृया दिनुहोस्