Saturday, June 3

महान श्रीमान बिनोद भक्कानिदै रोए, कल्पना दाहालसंग अनिताले दोहोरी गाउँन थाल्दा,कल्पनाको आँखामा आँ;सु (भिडियो सहित)

2020-11-16 2208

काठमन्डौ,महान श्रीमान भनेर सबैले चिन्ने बिनोद खड्काले आफ्नी बिरामी श्रीमतीको जन्मदिन हस्पिटलमै मनाइदिएका छन ।

भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपाली भनाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबीमा श्रीमती चिनिन्छे, श्रीमती बिरामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोदलाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमान् पनि हुन् ।

हेर्नुहोस भिडियो..

प्रतिकृया दिनुहोस्