Monday, March 8

आज बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो… त?

2021-01-26 1305

काठमाण्डाै : आज सुनकाे भाउ ताेलामा चार सय रुपैयाँले बढेकाे छ ।छापावाला सुनकाे भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस्