Sunday, September 20

१५ बर्षे सुरेश पनि जनगुनासो सुन्न सडकमा, रबिले भेटेपछि यसो भने उनलाई…..

ईटहरी/ देश निर्माण र बिकास र जनताको गुनासोमा सरकारको उपस्तिथि खासै फलदायी नभई रहेको अवस्थामा विभिन्न ब्यक्ति तथा सस्था यसको लागि सक्रिय भइ लागेको छ । यसको ज्वलन्त उदाहरणमा पर्छन् ‘धुर्मुस-सुन्तली’ र ‘रबि लामिछाने’ ।

उनिहरुले जनताको पीडा बुझ्दै देश बिकाश, निर्माण र जनताको पिडामा मलम लगाउन खटिएका छन् । यस्तैमा उनिहरुलाई नै पछ्याउँदै १५ बर्षे बालक पनि जनताको गुनासो सुन्न लागेका छन् ।

उनले जनताको गुनासो सुन्दै त्यसलाई सरकार समक्ष पुर्याउने र समाधानको बाटो समेत खोज्ने कार्यमा लागेका छन् । उनी हुन सुरेश तिमिल्सिना ।

पिता कुष्ण प्रसाद तिमल्सिना र माता मोहमाया तिमल्सिनाको कोखबाट बिक्रम संम्बत २०५८ सालमा सिन्धुपाल्चोको बारबिसे नगरपालिका ९ राम्चेमा जन्मिएका हुन् ।

उनले आफै भित्र बिश्वास र आट बोकेर यो कार्यमा लागेपनी एक्लै अघि बढ्न गाह्रो हुने भएपछि उनले पत्रकार रबि लामिछानेलाई समेत भेटेका छन् । गत सनिवार करिब २ बजे उनले २० मिनेट जति रबि संग भलाकुसारी गरे । भेटमा रबिले आफुलाई ‘देशमा तिमी जस्ताको खाचो छ, कसैको कुरा नसुन’ भन्दै भरपुर साथ र सहयोग गर्ने वचन दिएको उनले हामिलाई सुनाए ।

सुरेश भन्छन् ‘लाखौंले असम्भब मानेको यो कुरालाई म सम्भब तुल्याएर छाड्नेछु, मानिस हो जे नि गर्न सकिन्छ मुत्यु समक्ष पुगेको ब्यक्ति त सकुशल बनाउन सकिन्छ भने के यो कार्य गर्न असम्भब छ ??” एउटा कलिलो बालकोको यो आट र साहसलाई सबैले स्विकार्नै पर्छ । उनको यो कार्यमा सबैको साथ र सहयोग पुगोस्, हाम्रो सुभकामना ।