Saturday, March 25

यसरी रमाउदै नायिका स्वेता खड्काले गरिन् लक्ष्मी मातालाई स्वागत

2020-11-16 3442

आज तिहारको विशेष दिन अर्थात लक्ष्मीपूजा । आज साँझ घर-घरमा लक्ष्मी माताको पूजा गर्दै लक्ष्मी पूजा गर्ने परम्परा छ । नायिका स्वेता खड्काले पनि कोरोनाको कहरका वाबजुद पनि रमाउँदै खुशियालीका साथ धनधान्य देवी लक्ष्मी मातालाई स्वागत गरेकी छिन् ।


****भिडियो हेर्न तल क्लिक गर्नुस***

ढकमक्क फुलेका सयपत्री फुलहरुसंगै मुस्कुराउँदै सप्तरङ्गी रङ्गहरुसंग लत्पत्तिदै अनि झिलिमिली बत्तिहरुको उज्यालो प्रकाशमा रमाउँदै खुशियालीका साथ धनधान्य देवी लक्ष्मी मातालाई स्वागत गरियो भन्दै सामाजि सन्जाल फेसबुक मार्फत तिहारकाे खुशी बाडेकी हुन् ।

नायिका स्वेताले लेखेकी छिन् : कोरोनाको कह रका वाबजुद पनि ढकमक्क फुलेका सयपत्री मखमली र गोदावरी र फुलहरुसंगै मुस्कुराउँदै सप्तरङ्गी रङ्गहरुसंग लत्पत्तिदै अनि झिलिमिली बत्तिहरुको उज्यालो प्रकाशमा रमाउँदै उस्तै उत्साह , उमङ्ग र खुशियालीका साथ धनधान्य देवी लक्ष्मी मातालाई स्वागत गरियो ।

महामारीको यो माहौलमा आत्मिय सहकर्मीहरुको जमात जुट्न नसक्नुले मनमा खल्लो अनुभुती भएता पनि जो जहाँ रहनु भएको छ सबै सहकर्मी , शुभचिन्तक तथा हितैशीहरु प्रती सुस्वास्थ्य दिर्घायुका साथै उत्तरोत्तर प्रगतीको कामना गर्दछु । शिशिरयामको चिसो सितका थोपाहरुसंग जुध्दै मौलाईरहेको दुबो जस्तै सबैको जिवन मौलाई रहोस् । बलीराजाको अनुपम कृपाले शत्रुहरु परास्त हुन । सफलता, सुख अनि सम्बृद्दीले जीवन भरिपुर्ण होस । शुभदिपावलीको यो पावन अवसरमा अनगिन्ती , अविरल र असंख्य शुभकामना ।

प्रतिकृया दिनुहोस्