काठमाडौँ, नेपाली बजारमा लोकदोहोरी गीत को ठुलो हिस्स ओगटेको छ, पछिल्लो समयमा लोक गित संगीत प्रति दर्शक श्रोता चासो बढेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ ।
यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड ६५ लाख बढी ‘भ्यूज’ पाएको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो ।
गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिनुभएको छ । स्रोता, दर्शकले अत्यधिक रुचाएको र सामाजिक संजाल टिक टक मा निकै हिट भएको थियो । उक्त गित बजारमा आएपछि यस्तै प्रकारको गित निकै चलेको थियो,यो गित चले पछि लोक दोहोरि छेत्रमा निकै आस पालेको थियो ।
अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ अहिले सम्म यो गीतलाई ६ करोड ६५ लाख १७ हजारले हेरिसकेका छन्,१३ हजार ७ सय कमेन्ट ,२ लाख ८४ हजार लाईक ३९ हजार अन लाईक गरका छन् ।
कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ यो गितको बिसेस्था हो , म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गर्नुभएको छ । हाल अमेरिकामा रहनुभएका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ ।
प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । सालको पातले पनि सम्बन्धित लगानीकर्ता÷कलाकारलाई आकर्षक कमाइ दिलाएको छ ।-सिटिजनएफेमबाट।
भिडियो हेर्नुहोस् ..
प्रतिकृया दिनुहोस्