Wednesday, June 7

नेपा’लमै रिक्सा चलाएर अʼपांग श्रीमान पालेर छोरीलाई इन्जिनियर पʼढाउदै महान चे’लीको संघर्षको कथा !

2021-01-27 1627

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं)अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन ।

तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने सकेको छैन । उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हो कबिता राईको । यो खबर धनकुटा जिल्लाको हो ।आहा कस्तो राम्रो काम हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन । जो अपाङ्ग श्रीमानको पालन पोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन ।

श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन । धरान आएपछि के गर्ने कसो गर्ने उनले केही सोच्नै सकिनन । उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन र आफैले चलाउन थालिन ।

बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ ।अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी आफुलार्ए खुसी लागेको कुरा सुनाउछीन । अहिले उनको घरमा उनी र श्रीमान सँगै एउटा छोरी पनि छन् उनको पढाइ खर्च र श्रीमान पाल्न रिक्सा चलाएकै भरमा पुगेकै छ उनले बनाउ छीन ।

अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् । पुरूषले मात्र सवारी साधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो उदाहरण उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो ।स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली।

उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् । यस्तै धरानकी मिरा लामा ९ वर्ष अघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन । उनले सिटी सफारी किनिन् । सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् ।

छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा ११ मा पढ्दै गर्दा खुशी छिन् ।पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् ।जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् ।

अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले आत्मनिर्भर बनाउँदै आएकी छिन् । उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् ।

प्रतिकृया दिनुहोस्