Wednesday, July 15

भारतमा हराʼएका सन्तोष १२ वर्षपछि नेपालमै यसरी भेʼटिएपछि छायो परिवारमा खुशी

बुटवल, ८ माघ । बाँकेको राप्ती सोनारी गाउँʼपालिका–४ बैजापुरका अमर बहादुर सुनारको आर्थिʼक अवस्था कमʼजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजऽगारीका लागि भारत पुगे ।

२०६४ सालमा भारतको लुधियाना गएका सुनारसंग रहेका उनका छोरा सन्तोष कुमार सुनार त्यहींऽबाट हराएऽका थिए । छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अʼवस्था कमʼजोर थियो भने अर्कोतर्फ सन्तान हराएʼको पीʼडा थियो ।

सन्तान भेटिʼने आशामा सुनार दम्पत्ती भारऽतमै बसिरहे । ७ वर्षिय बालकको खोʼजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराʼएको पीडामा रहेको अभिभावकको अनुहारमा अहिले भने मुʼस्कान देखिएको छ ।

भारतस्थित नेपाली दुताʼवासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा अहिले १९ वर्ष पुगिसकेका सन्तोष अहिले अभिभाʼवकसंगै आउन सफल भएका छन् । उनलाई २०७५ साउन ५ गते उद्दार गरियो । उनलाई अभिभावकसम्म आउन भने त्यत्ति सʼजिलो थिएन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।