Wednesday, September 23

सैनिक दिवस : ‘नेपाली सेनाको सान’ टुडिखेलमा नेपाली आर्मीको शक्ति प्रदर्शन ! हेर्नुहोस नेपाली सेनाको (भिडियोसहित)

काठमाडौँ, १ फागुन – नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टँुडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक हुनुभयो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, प्रधानसेनापति राजेन्द्र छत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष विपीन रावत सहभागी हुनुहुन्थ्यो । सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ । बाँकि भिडियोमा हेर्नुहोस-ओसनेपाल बाट