नेपाली अभिनेत्रीहरु अहिले सामाजिक काममा पनि सकृय हुन थालेका छन् । बलिउड अभिनेत्री मनिषा कोइराला र नेपाली अभिनेत्री रेखा थापा त्यसको उदाहरण हुन् । राष्ट्रिय एकता परिषद् मार्फत उनीहरु सामाजिक काममा सकृय भएका छन् । त्यस वाहेक उनीहरुले सामाजिक सञ्जाल मार्फत पनि विभिन्न विषयमा आवाज उठाउँछन् ।
क्यान्सर जितेर सामान्य जिवनमा फर्किएकी अभिनेत्री मनिषा क्यान्सर विरुद्धकै सामाजिक अभियानमा पनि सकृय छन् । उनले आफ्ना अनुभव बाँड्ने र स्वास्थ्य जिवन कसरी बाँच्न सकिन्छ भन्ने विषयमा स्पीच दिने गर्छिन । राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा सहभागी भएकाहरुले आफुलाई रोक्न सकेनन् । आफुलाई परेको समस्या सुनाउँदा धेरै महिलाका आँखा भिजेका थिए ।
सहभागीले सुनाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले पनि आफुलाई थाम्न सकेनन् । उनीहरु पनि निकै भावुक बने । रेखा थापा बालविवाह अन्त्यको अभियानमा पनि सहभागी थिइन् । त्यस अभियानका क्रममा उनले मेची देखी महाकालीसम्म पुग्दा अनौठा उदाहरण देखेको बताइन् । उनले योगमायालाई अहिलेको अवस्थाको सिर्जना गर्नुमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरिन् ।
कार्यक्रममा आफ्नो ५ वर्षकी छोरी माथि भएको घटना सुनाउँदा र त्यस्तो घटनामा संलग्न ब्यक्तिलाई कारवाहीवाट बचाउन गाउँकै अगुवाले खेलेको भुमिकाको बारेमा बताउँदै कार्यक्रम स्थल स्तब्ध भएको थियो । चार छोरी मध्य साइली छोरी माथि घटना भएको थियो ।
तलको भिडियो हेर्नुस्..
प्रतिकृया दिनुहोस्