Tuesday, July 14

“भ्वाइस अफ नेपाल”की झुप्री भण्डारीको पहिलो गीत रकेʼर्ड भयो ! आँखा बनाउन शिशिर भण्डारीले पैसा सहʼयोग दिए (भिʼडियो हेर्नुस)

काठमाण्डौं- झुप्री भण्डारीले यि चार पंक्ती गाउँदा उनका दर्शक मात्रै होइन, ‘द भ्वइस अफ नेपाल’का चारै जना ‘जज’ चकित परे। आस्था राउतले बज थिच्दा उनको अनुहारमा त खासै फरक परेन, उनका बुवाको अनुहार भने उज्यालियो।

उनले हतारहतार आँशु पुछे। अर्का चार पंक्ती गाउँदासम्म त दीप श्रेष्ठ, राजु लामा र प्रमाेद खरेलले कुर्सी घुमाइसकेका थिए। जजहरु आफूतिर फर्केको त उनले चाल पाइनन्, उनका बुवा बालाराम भण्डाराी र उनलाई भ्वाइस अफ नेपालमा ल्याउने कमल संघर्ष भने भाव विभोर भए। जजहरुको पनि बोलि फुटेन।

झुप्रीले भ्वाईसमा व्याटल राउण्डसम्मको यात्रा गरिन् र धेरै नेपालीको मन जितिन र सबैलाई रुवाईन् । पछि गाउँ फर्केर उनी भ्वाईसको फिनालेमा पनि आएकी थिईन् ।

त्यसैबिच शिशिर भण्डारीले उनको भिडियो युट्युबमा हाल्दै झुप्रीको आँखा फर्काउने पहल गरे । त्यस अन्तर्गत उनलाई केहि सहयोग पनि प्राप्त भयो । झुप्री भण्डारीको पहिलो गीत रकेर्ड भयो ! आँखा बनाउन शिशिरले पैसा दिए-

भिडियो हेर्नुहोस…..