Wednesday, October 20

भाइरल सचिन परियार र महानायक राजेश हमालको पहिलो गीत सार्वजनिक भए सँगै बन्यो भाइरल (भिडियो सहित)

2021-01-28 1697

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच कमला घिमिरे,करुणा राई र गोविन्द पौडेलको स्वरमा रहेको “वरको छायाँले” वोलको गितले एकैदिनमा नेपाली गीत संगीतमा नयाँ इतिहास रच्न सफल भएको छ ।

एक दिन अगाडि मात्रै युटुवमा रिलिज भएको गित यतिवेला युटुव ट्रेडिङ्गमा उक्लदै 4 ऒं स्थानमा आउन सफल भैसकेको छ । गितलाई यो समाचार तयार पार्दासम्म १० लाख २० हजार भन्दा वढि दर्शकहरुले हेरिसकेका छन भने गितलाई राम्रो मानेर युटुवमा समेत कमेण्ट समेत गरेका छन् ।

गोविन्द पौडेलको शब्द र संगीत रहेको गीतको थेगो कृष्ण कुमार विश्वकर्माको रहेको छ । वरको छायाँले गीतलाई कृष्ण विक भान्जाले एरेन्ज गरेका हुन । गीतको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियोमा महानायक राजेश हमाल, करुणा राई,आयुषा गौतम,सचिन परियार लगायतकाले अभिनय गरेका छन ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :

प्रतिकृया दिनुहोस्