Monday, March 20

फेरि आयो अर्को व्यंʼ ग्यात्मक गीत ‘जे गरे नि चल्छ नेपालमा’-हेर्नुहोस ( भिडिʼयो सहित)

2021-01-28 1131

काठमाडौ/ देशको पछिल्लो समय र परिस्थितिलाई मध्यनजर गर्दे पाल्पाली सर्जक तथा गायक कमल भट्टराईले व्यंग्यात्मक शैलीमा देश भक्ति गीत ‘जे गरे नि चल्छ नेपालमा’को भिडियो सार्वजनिक गरेका छन् ।

गीतको भिडियोलाई धिताल फिल्ममार्फत् डिजिडल बजारमा सार्वजनिक गरिएको हो । देशको समसामायिक परिस्थिति तथा अवस्थालाई चित्रण गरिएको गीतमा भट्टराईले नेताहरुको कार्यशैली, देशले भोग्नु परेको समस्या र जनताका पीडालाई चित्रण गरेका छन्।

स्वरमा पाल्पाली गायिका ममता कोइरालाको साथ दिएकी छन् । गीतमा कमल भट्टराईकै शब्द तथा संगीत रहेको छ । भिडियोमा अभिनय समेत गायक भट्टराई र गायिका कोइरालाका साथै पाल्पाली कलाकारहरु आयाम कार्की, सोम आले, विजय बम्डेल, शिव भट्टराई, लेखनाथ ढकाल लगाएतका कलाकारहरुको रहेको छ ।

लामो समयदेखि गीत संगीत क्षेत्रमा क्रियाशील भट्टराईले देशको अहिलेको परिस्थितिले युवा पुस्तामा नकारात्मक असर पुगेकाले आफूहरुले फरक शैलीको गीत बजारमा लिएर आएको जानकारी दिए ।ब्यावसायिक गीतले केवल मनोरञ्जन मात्र दिने तर, देश भक्ति गीतले सन्देश दिनुका साथै दर्शक स्रोताहरुले समेत अत्याधिक मनपराउने भएकाले आफूहरुले देश भक्ति गीत रोजेर बजारमा ल्याएको गायक–गायिकाको भनाइ छ ।

गाएक भट्टराई र कोइरालाले यसपघि पनी पाल्पा बुटवल सडकका कारण भोग्नु परेको समस्या र त्यस क्षेत्रका जनताले भोग्नु परेको धन जनको क्षतिका बारेमा गीत बजारमा ल्याएका थिए ।

गीतको छायाँकन सन्तोष बस्याल र निर्देशन आयाम कार्कीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्