Sunday, September 27

सुनको मूल्य बढ्यो की घट्यो ? यस्तो छ आजको मुल्य

काठमाडौं, २ फागुन । बुधबार सुनको भाउ तोलामा ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन प्रतितोला ५७ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ ।

चाँदीको भाउपनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।