Saturday, October 31

अन्तिम खेलमा नेपालले जित निकालेपछी माओवादी अध्यक्ष प्रचण्डले गरे एस्तो घोसणा … बिस्तृत हेर्नुहोस

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेकोमा माओवादी अध्यक्ष प्रचण्डले नेपाली खेलाडीलाई बधाई दिएका छन् ।आज भएको खेलमा नेपालले क्यानाडालाई हराउँदै विश्वकप छनौटमा नेपालले स्थान पक्का गरेको हो ।
रातोपाटीका खेल संवाददातसँगको कुराकानीमा प्रचण्डले जित निकालेकोमा नेपाली खेलाडी र टिमका अन्य सदस्यलाई बधाई दिएका हुन् ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकार बनेपछि नेपाली क्रिकेटको विकासका लागि विशेष योजनाहरु पनि ल्याउने प्रतिबद्धता व्यक्त गरे..

।आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको अंकतालिकामा शिर्ष स्थानमा रहँदै नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्न छनौट भएको छ। डिभिजन-२ को लिगको अन्तिम खेलमा क्यानडासंग जित्ने पर्ने खेलमा नेपालले १ विकेटको जित निकालेको हो।

 

जितको लागि क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै ९ विकेट गुमाईसकेको थियो। जितको लागि ५१ रन आवस्यक भएको बेला करन केसी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि नेपाललाई जित सम्म पुर्याएका हुन्।अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि २ बलमा २ रन आवस्यक थियो।त्यो अवस्थामा क्यानडा बलर सत्सिमरंजित ढिंडसाले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए। करनले अविजित ४२ रनको इनिंग खेले जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप लामिछाने १८ बलमा ५ रन बनाएर अविजित रहे।

 

प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो जुन खेलमा बसन्त रेग्मी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि १८ रनको साझेदारी गरेका थिए।२०१९ को एकदिवसीय बिश्वकप इंग्ल्याण्डमा आयोजना हुनेछ जसको लागि छनौट प्रतियोगिता जिम्बाबेमा ६ मार्च देखि २५ मार्चसम्म संचालन हुनेछ। प्रतियोगितामा कुल १० टिम सहभागी हुँदै छन् जसमा डिभिजन-२ को उत्कृस्ट-२ टिम नेपाल सहित वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग सहभागी हुँदैछन्।१९५ रनको लक्ष्य पछ्याउने क्रममा २२ रनको स्कोरमा ज्ञानेन्द्र मल्ल ( ९ रन ) र पारस खड्का ( ० ) लाई लगातार बलमा गुमाएपछि दीपेन्द्र ऐरी र दिलिप नाथले तेश्रो विकेटको लागि ५० रनको साझेदारी गर्दै नेपालको इनिंग उकासेका थिए। तर दिलिप नाथ ४१ रनको स्कोरमा सिसिल परभेजको शिकार हुन पुगेपछि ब्याटिंग गर्न आएका शरद भेसावकर १ रन मात्रै बनाई साद बिन जाफरको बलमा क्याच आउट भएपछि

नेपालको स्कोर २३ औं ओभरमा ७३/४ पुगेको थियो। त्यसपछि दिपेन्द्र ऐरी ( १८ रन ) ले पनि २५ औं ओभरमा विकेट गुमाउन पुगेपछि नेपाल ८१/५ को नाजुक अवस्थामा पुगेको थियो। छैठौं विकेटको लागि आरिफ शेख र रोहित पौडेलले ४६ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० पार गराए। तर स्कोर १२७ रन पुग्दा रोहित पौडेल ३८ औं ओभरको दोश्रो बलमा २७ रनको व्यक्तिगत स्कोरमा क्याच आउट हुन पुगेपछि पुनः क्यानडा खेलमा फर्किएको थियो।

रोहितको विकेट पछि ब्याटिंग गर्न आएका सोमपाल कामि ७ रन बनाएर तथा बसन्त रेग्मी खाता नखोल्दै आउट हुँदा नेपाल हारतर्फ उन्मुख भयो। ४२ औं ओभरको पहिलो बलमा २६ रन बनाएका आरिफ पनि पेभेलियनको बाटो लाग्दा नेपाललाई जितको लागि अझै ५१ रन आवस्यक थियो। Source:wicket nepal