Monday, March 20

ग्वा-ग्वा रु”दैं श्रीमान आए मि, डियामा, भन्छन्:- यस्तो श्रीमती त श,त्रुलाई पनि नपरोस भन्छन् श्री,मान (भि,डियो सहित)

2021-01-29 844

उदयपुर – प्रेम राई । उनको घर उदयपुरको गाईघाटमा पर्छ । उनले २०६४ सालमा आफ्नै गाउँठाउँकी चिनजानमा रहेकी केटीसंग विबाह गरेका थिए । विबाह गरे लगत्तै उनी आफ्नी श्रीमतीको साथमा पोखरा गएका रहेछन् ।

तर पोखरा उनलाई फापेन । ज्याला मज्दुर गरेर खाने प्रेमका दुई सन्तान छन् । दुवै सन्तान नै छोराहरु हुन् । सुख दुःख गरेर कमाएको ९ कठ्ठा जमिन उनले ससुराको नाममा गरेका रहेछन् ।

तर आफ्नै ससुरा र श्रीमतीले नै प्रेमलाई प्रेम जालमा पारेर अलपत्रै बनाई छाडेको कुरा उनी भक्कानिदै सुनाउँछन् । श्रीमती र छोराहरुसहित प्रेम पोखरामै बस्दै आएतापनि उनी मंसिरको महिना आफ्नो बुवाको मृत्यु दर्ता बनाउनकोलागी आफ्नो घर गाईघाईट गएका थिए । त्यसपछि उनी उताको काम सकेर एक्लै पोखर फर्किए तर उनकी श्रीमती र दुई छोरा भने उतै घरमा नै बसे ।

प्रेमको भनाई अनुसार उनकी श्रीमतीले आएको बेला माईत जान्छु भन्ने कुरा गरेको हुनाले उनले श्रीमती र छोराहरुलाई गाईघाटमा नै छाडेका रहेछन् । त्यही मौकामा उनकी श्रीमतीले संगै सुतेको कान्छा छोरालाई ‘म गए राम्ररी बस्नु’ भनेर गएकी रहिनछन् । श्रीमतीले चालेको यो कदमले प्रेम अहिले निकै नै टुटेका छन् ।

उनले आफुले खाई नखाई गरी कमाएको जग्गा जमिन पहिला नै ससुराको नाममा बनाएको हुनाले अहिले उनी पुर्ण रुपमा सुकुम्बासी भएको भन्दै भक्कानिन्छन् । भन्छन्,‘सोझो भएको हुनाले मलाई मेरै श्रीमतीले लुटेर गई । उसैले जग्गा किन्ने बेला बुवाको नाममा गरिदिऊँ केही हुँदैन भनी र मैले पनि विश्वासले ससुराको नाममा गरिदिएको थिएँ । त्यो मेरो ठूलो गल्ती हुन पग्यो ।’ रुँदै उनी अगाडी भन्छन्,‘यो उमेरमा श्रीमती त छैन छैन साथमा आफुले धौ धौ जोडेको सबै सम्पत्ति पनि छैन ।’

प्रेम राईको यो कुरा सुन्दा जीवनमा कसैलाई विश्वास गर्न नसकिने समय बनेको छ यो । प्रेम दुःखी हुनुमा एउटा अर्को कारण पनि छ । उनलाई उनकी श्रीमतीले यस्तो अवस्थामा छाडेर गईन् कि जुन अवस्थामा प्रेम स्वयम् बिरामी भएका थिए । कोहीपनि बिरामी हुँदा हालखबर सोधेर तातोपानी दिने मान्छे नै ईश्वरको रुपमा हुन्छन् । तर उनी त श्रीमती थिईन् । श्रीमतीले नै त्यस्तो अवस्थामा छाडेर गएपछि कस्को मन नरोला र ? त्यसैले प्रेमको पनि मन रोएको छ ।

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्