Tuesday, September 29

क्यानडासँगको खेलअघि करन केसीले गरेको ट्वीटमा यस्तो लेखेका थिए’ जुन यसरि पुरा भो हेर्नुहोस

 काठमाडौं । दशौं नम्बरका ब्याट्सम्यान करण केसी नायक बनेपछि नेपाललाई बुधबार क्यानडालाई पराजित गर्दै एकदिवसीय विश्वकप छनोटमा प्रवेश पाएको छ।


करणले क्यानडा विरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालको सनसनीपूर्ण जितमा अन्तिम बलमा विजयी रन बटुलेका थिए।

अन्तिम ओभरमा नेपाललाई ८ रन आवश्यक रहेका बेला करणले सुरुवाती चार बलमा कुनै रन बटुल्न बटुलेनन्। पाँचौ बलमा उनले छक्का प्रहार गरे ।

छैटौं बलमा क्यानडाका केसिल फरवेजले वाइड दिदा नेपालको स्कोर बराबरीमा पुगेको थियो । अन्तिम बलमा करणले एक रन बटुल्दै नेपाललाई महत्वपूर्ण जित दिलाए ।

खेलको म्यान अफ द म्याच भएका उनले ३१ बलको सामना गर्दै नटआउट ४२ रन जोडे । सो क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेपाललाई जित दिलाएका करणको अहिले सामाजिक सञ्जालमा तीव्र चर्चा भइरहेको छ । क्यानडा विरुद्ध खेल्न जानुअघि भने करणले एउटा मोटिभेसनल वाक्यांश टुविटरमा लेखेका थिए ।

जुन यस्तो थियोः

‘जीवन एक युद्ध मैदान हो,

तपाईले जित्नका लागि लड्नुपर्छ
र, जितका लागि
तपाईलाई साहसले भरिएका सैनिकहरु चाहिन्छ
र, साथमा एउटा आशाको कवच पनि’

यो पनि पढ्नुहोस 
खुशीको खबर: सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण बने हिरो

क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो ।

तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए ।

लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो ।

अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्‍याए ।

३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए ।

वर्षापछि आएको नाटकीय मोड

जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।

खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए ।

तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
तर, करणले सनसनीपूर्ण जित जिलाए ।

श्रीमान्थ विजेरत्नेको शतक

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।

तर, लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।

अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे । उनी १०३ रनमा नटआउट रहे ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो ।

उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

यो समाचार हामीले जलजलाअनलाइनबाट साभार गरेका हौ|