Tuesday, October 27

क्रिकेटरले जिते भावी प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको मन :ट्वीटरमा खर्चिए खेलाडीको लागि एति धेरै प्रशंशा

काठमाण्डौ, २ फागुन । पार्टी एकिकरण, सरकार गठन लगायत विभिन्न राजनीतिक गतिविधिमा अति ब्यस्त रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट खेलाडीलाई बधाई दिएका छन् ।

 

बुधवारको खेलमा नेपालले क्यानडालाई हराए पछि नेता ओलीले क्रिकेट टिमलाई बधाई दिएका हुन् । नेपालले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेको हो । ओलीले सामाजिक संजाल ट्वीटर मार्फत खेलाडी टिमलाई बधाई दिएर खेलाडीको हौसला बढाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘रोमाञ्चक खेलमा क्यानडालाई हराउँदै आईसीसी विश्वकप छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई । नेपाली क्रिकेट टिमले आगामी दिनमा झनै सशक्त र उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्दैछु’ ।

समाचार स्रोत: ललिगुराशन्युजबाट |