Monday, March 30

‘सेन्टिभाइरस’ हेर्न ट्याʼक्सी चालकको हलमा भीʼड, लगाए जय धुर्मुस-सुन्तलीको नाʼरा (भिʼडियो सहित)

काठमान्डौ : धुर्मुस -सुन्तलीको निर्माण र अभिनयमा रहेको चलचित्र ‘सेन्टिभाइरस’ आज बाट रिलिज भएको छ । रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र हेर्न बिहानै सयौ ट्याक्सी चालक हलमा पुगेका छन् । बिहान जय नेपाल हलमा ट्याक्सी सहित पुगेका चालकलाइ धन्यवाद दिन धुर्मुस-सुन्तली स्वयं हलमा पुगेका छन्।

लामोसमय पछि अभिनयमा फर्किएका धुर्मुस-सुन्तलीको चलचित्र हेर्न आतुर रहेको ट्याक्सी चालकहरुले बताएका छन् । सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र आज शुक्रबार देखि प्रदर्शनमा आएको हो । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन। चलचित्रमा कुमार कट्टेल (जिग्री) र दिपक आचार्यको लेखन रहेको छ । चलचित्रको निर्मातामा डिन्डु लामा होल्मो रहेका छन भने सह-निर्मातामा फुर्पा लामा रहेका छन।

कमेडी जनरामा बनेको चलचित्रमा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन। चल चित्रमा राजनराज शिवाकोटी र कालिप्रसाद वास्कोटाको संगीत रहेको छ।

चलचित्रबाट आएको मुनाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको छ। यसै चलचित्रबाट कुन्जनाले अभिनेत्री बन्ने सानैदेखिको रहर पूरा गरेकी छिन । हास्य विधाबाट दर्शकको मनमा वसेका धुर्मुस सुन्तली यतिबेला चितवनमा वन्न लागेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रीकेट रंगशालाको निर्माणमा व्यस्त छन।

हेर्नुहोस भिडियो…