Monday, March 30

हेर्नुहोस् सेना दिवसको दिन नेपाली सेनाले देखायो सबै चकिʼत पर्ने दृʼष्य (भिʼडियो सहित)

काठमाडौँ । नेपालको सेना राष्ट्रिय सेना हो । नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको रक्षा गर्ने, देशको प्रतिरक्षा गर्ने र राष्ट्रहितको संरक्षण गर्ने जिम्मेवारी नेपालको नयाँ संविधानले नेपाली सेनालाई दिएको छ ।

त्यसकारण नेपालको संविधानको भावना अनुरुप जुन देशको राष्ट्रिय सेनाले गर्ने भूमिका हुन्छ, त्यो भूमिका नेपाली सेनाले पनि पाएको छ । त्यसकारण हाम्रो संविधानको भावना अनुरुप राष्ट्रिय सेनाले जिम्मेवारी बहन गर्नुपर्ने राष्ट्रिय सुरक्षा, नेपालको प्रतिरक्षा र नेपालको राष्ट्रहितको संरक्षण गर्ने मामिलामा राष्ट्रिय सेनाले स्थापनाकालदेखि नै भूमिका निभाउँदै आएको छ ।

नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुले सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीको अवलोकन गरेका थिए ।

हेर्नुहोस भिडियो–