Monday, March 30

भिʼडियोमा हेर्नुस्.. प्रमिलालाई भेट्न गए छोराछोरी, सन्तानलाई अंगालेर रोʼएकी प्रमिलाले मन थाʼम्न सʼकिनन्

काठमाडौं । सन्तोष परियारको परिवारलाई छोडेर बर्दियाका सुरेशसंग गएकी प्रमिला परियार पहिलो पटक मिडियामा आएकी छन् । प्रमिलाले पनि पहिलो पटक आफ्ना छोराछोरीलाई भेट्न पाएकी छन् । प्रहरी हिरासतवाट ५० हजार धरौटीमा छुटेपछि उनी सुनौलीमा बस्दै आएकी छन् । उनका छोराछोरी सुनौलीमा आमालाई भेट्न गएका थिए ।


पहिलो पटक छोराछोरीलाई भेट्न पाउँदा प्रमिला निकै खुसी देखिन्छिन् । चितवन जिल्ला प्रहरीवाट धरौटीमा छुटेपछि उनी सुनौल बस्दै आएकी हुन् । सन्तोष भने अहिले वैदेशिक रोजगारीका लागि वाहिर गइसकेका छन् । लामो समय पछि आमालाई भेट्न पाउँदा छोरी आमालाई अंगालोमा हालेर बेसरी रोएकी थिइन् । छोरी आमालाई भेट्न जाने भन्ने वित्तिकै सुनौली नपुग्दा सम्म रोइरहेको देखिन्थ्यो ।

प्रमिला पनि छोराछोरीलाई देखेर मन थाम्न सकिनन् । उनले आफुले ठूलो गल्ती गरेको महशुष भएको बताइन् । उनले अब सन्तोषको घरमा नजाने र एक्लै बसेर छोराछोरीको रेखदेख गर्ने बताएकी छन् । एक्लै बसेर पनि छोराछोरी हेर्न सकिन्छ नी ? उनले भनिन् । उनले यस अघि पनि छोराछोरीलाई भेट्न चाहेको भएपनि कसैले पनि भेट्न ल्याउन सकेनन् । उनले भनिन् सन्तोषले छोराछोरीसंग प्रमिलाको भेट नगराउनु भनेका कारण सबैजना डराएर छोराछोरी ल्याउन सकेनन् ।

त्यसैले भेट्न पाइन । उनले सन्तोषले छोराछोरी भेटाइदिएमा म भन्दा नराम्रो कोही हुन्न भनेर भनेका कारण कसैले नल्याएको हुन सक्ने बताइन् ।

उनले आफुलाई सन्तोषले कहिले माया त कहिले झगडा समेत हुने गरेको बताइन् । झगडा गर्ने र गाली गर्ने कारण भने आफुलाई थाहा नभएको बताइन् । फोनमा सन्तोष र प्रमिलाको फोनमा झगडा हुने गरेको छोराले पनि बताएका थिए । तर त्यस्तो नराम्रो झगडा भने नभएको प्रमिलाको भनाई छ । निकै भावुक देखिएकी प्रमिला धेरै बोल्न सकिनन् । भक्कानिएर अन्तरवार्तावाट उठिन् ।

भिडियो हेर्नुहोस…