Monday, March 30

गौतमबुद्ध क्रिकेट रंʼगशालाको लागि ऋषि धमला दʼम्पतिले गरे यति ठुलो आर्थिक सहʼयोग हेर्नुहोस्

काठमाडौँ । पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले धुर्मुस–सुन्तली फाउण्डेसनलाई ३ लाख सहयोग गरेका छन् । नायिका एलिजाले आफ्नो जन्मदिनको अवसरमा १ लाख सहयोग गरेकी हुन् भने पत्रकार धमलाले २ लाख सहयोग गरेका हुन् ।

उनीहरुले उक्त सहयोग रकम धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य भइरहेको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो।

रंगशाला निर्माणका लागि विभिन्न संघ–संस्था, चलचित्रकर्मी तथा सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । रंगशाला निर्माणमा थप सहयोग पुर्‍याउने उद्धेश्यले धुर्मुस–सुन्तलीले ‘सेन्टी भाइरस’ फिल्मसमेत बनाएका छन्। उक्त फिल्मले कमाएको नाफाको ५० प्रतिशत रकम स्वतः क्रिकेट रंगशालालाई जानेछ। उक्त फिल्मले अहिले आक्रामक व्यापार गरिरहेको छ।

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्ने छन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ ।

केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्ने छन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ । कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो ।

जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो । काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमूना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।