Tuesday, October 20

ओलीले गरे तीन सदस्यीय मन्त्रिपरिषद गठन, लालबाबु बने मन्त्री पुरा हेर्नुहोस

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् । माओवादीबाट सरकारमा जाने सदस्यको नाम टुङगो नलागेपछि प्रधानमन्त्री ओलीले एमालेबाटै दुईजनालाई मन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका हुन् । पण्डितलाई जनसंख्या तथा बातावरण र थापालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिइएको हो ।

उनीहरुलाई आजै राष्ट्रपतिले पद तथा गोपनियताको सपथ  गराएकी छिन् ।

समाचार स्रोत :-रातोपाटी