Saturday, June 3

यस्तो महंगीमा काठमाण्डौंमा ६५ रुपैयाभा टन्न खाना, खानेहरूको यस्तो भिड भिडियो सहित)

2021-01-31 2117

काठमाडौंमा खुल्यो, अचम्मको होटेल- जहाँ ६५ रुपैंयामा पेटभरी खान पाईन्छ । मिठो भात खानलाई मान्छेको भिड भिडियो हेर्नुस

कोहि पनि भोको नरहुन् भन्ने उद्येश्यको साथमा काठमाडौंको अनामनगरमा ६५ रुपैंयामा टन्न खाना खान पाईने ठाउँ हाम्रो खाना घर सन्चालनमा आएको छ ।

हाम्रो टिम नेपाल र यु.केमा बसेर समाज सेवा गर्ने बरिष्ठ समाजसेवी इशा गुरुङको सहकार्यमा सन्चालनमा आएको यस खाना घरबाट भएको मुनाफा अन्य सामाजिक कामहरुमा लगाईने हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले बताएका छन् ।

काठमाडौंमा काम गर्ने बिद्यार्थी, मजदुर, डेरावाल लगायत हुने र नहुने दुवै बर्गका लागि सन्चालनमा ल्याईएको खाना घरमा भेज खाना सेट ६५ रुपैंयामै पाईन्छ । अब यस कार्य सफल भएसँगै राजधानीका अन्य ठाउँ सहित देशका मुख्य शहररुमा पनि खाना घर सन्चालनमा ल्याईने बताईएको छ ।

यसैबिच कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी पनि खाना घरमा पुगी खाना खाँदै केहि सहयोग गरे । कस्तो छ, खाना घर ? र कस्तो खाना पाईन्छ ?

तलको भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्