Tuesday, October 20

मन्त्री पण्डितद्वरा पदबहाली, कर्मचारीलाई दिए यस्तो निर्देशन

काठमाडौँ – जनसंख्या तथा वातावरणमन्त्री बनेका लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज साँझ अबेर पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो निर्देशन दिएका हुन | उनले भने, “स्थायी सरकार गठन भएकाले अब डर र त्रसित मानसिकताले काम गर्नुपर्ने अवस्था आउने छैन, मन्त्रालयको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कोहीदेखि डराउनुपर्ने अवस्था रहने छैन ।”

यसअघि मन्त्रालयका सचिव प्रकाश माथेमाले विकास र वातावरणलाई सन्तुलन कायम गरी अगाडि बढ्नुपर्ने आवश्यकताबारे मन्त्री पण्डितलाई जानकारी दिएका थिए ।-सत्यसमाचारबाट