Monday, March 30

भर्खʼरै बिवाह बन्धनमा बाधिएकी नायिका आंचल शर्माको ससुराले नाती खेʼलाउने रहर राखेपछि (भिडियो सहि रमाइलो कुराकानी)

काठमाण्डौं- नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाएकी छिन् । विवाह पश्चातको पहिलो जन्मदिनमा आँचलले ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएकी छिन् ।

आँचल शर्माको जन्मदिन मनाउन आँचल र श्रीमान् उदिप श्रेष्ठ आमाबुवा सहित ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ पुगेर जन्मदिन मनाएका हुन् । पहिलोचोटी आँचल आफ्नो परिवार सहित मिडियामा समेत आएकी हुन् र अन्तरक्रिया गरेकी छिन् । आँचलको आमा बुवा सहित सासु ससुराले शुभकामना दिंदै नाति नातिना खेलाउने रहर समेत व्यक्त गरेका छन् ।

उदिपको बुवाले आँचललाई बुहारी भन्दा छोरी पाएको अनुभव मिडियामा राख्दै भने, “अब नाति नातिना खेलाउने रहर छ त्यो चाँही चाडै पुरा होस् भन्ने छ ।” आँचलसंग छोराछोरीको आशा गरेको सुन्दै गर्दा आँचल लाजले भुत्तुकै भएकी थिईन ।आँचलले प्राय सधै आफ्नो जन्मदिनमा समाजसेवा गरेर मनाउने गरेकी छिन् ।

केहिदिन अघि निकै तामझाम गरेर विवाह गरिएको थियो । आँचललाई उनका पतिले करोडौंका गरगहनासमेत उपहार दिएकोबारे अहिले ईण्डष्ट्री तातेको थियो । कतिसम्म भने उक्त विवाह समारोहमा सरिक भएकाहरु नै तामझाम देखेर छक्क परेका थिए । चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् ।

नायीका आँचल शर्माले केही दिन अघि मात्र विवाह गरेकी हुन् । उनीहरुको रिसेप्सन पार्टी चैतको १ गते धुमधामका साथ भएको थियो । उनले चितवनका उदिप श्रेष्ठसंग विवाह गरेकी हुन् । विवाह लगत्तै उनको जन्मदिन पनि परेको छ । आँचल आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकी छिन् । उनको विवाहको चर्चा सेलाउन नपाउँदै उनले आफ्नो जन्मदिन मनाउन गरेको कृयाकलापले पनि सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ ।

उनले गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । हरेक वर्ष जस्तै उनले बालबालिकाहरुसंग जन्मदिन मनाउने आफ्नो कामलाई निरन्तरता दिएकी हुन् । ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन मनाएको तस्बिर सार्वजनिक भएको छ । गतबर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

यो केन्द्रमा ४८ जना बालबालिकाहरु छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् । जन्मदिन मनाउन बालगृहमा परिवारका साथमा पुगेकी आँचललाई मिडियाले पछ्याउन छोडेनन् । आँचलसंग उनका पति उदिप, सासु ससुरा र आमाबुवा बालगृहमा पुगेका थिए । बालबालिकालाई जन्मदिनमा सहयोग प्रदान गरेपछि उनले मिडिया सामु जन्मदिन मनाउन बालगृहमा पुग्नुको कारणवारे बताइन् । उनले बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको बताएकी छन् ।क्यानाडानेपालबाट

हेर्नुहोस क्यानाडा नेपालसँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा..