Wednesday, June 7

कोठा खोज्न आएको ट्रक ड्राʼ ईभरले श्रीमतीलाई भगाएर लग्यो, पैसा र गहना समेत लगिन भन्दै श्रीमान रुँʼदै मिडियामा (भि,डियो सहित)

2021-02-01 974

आजभोली ब्यक्तिगत जिवनका कुरा सामाजिक सञ्जालमा छरपष्ट हुने गरेका छन् । कतिपय सामाजिक सञ्जाल युट्युव यस्तै घटनाका कारण पनि चलेका छन् । देवदह नगरपालिका खैरहनीमा भएको घटना पनि सार्वजनिक भएको छ । प्रेम वहादुर विकले आफ्नो पारिवारिक समस्यालाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

साउदी अरवमा उनी १३ वर्ष वसेर काम गरे । उनीहरुका ४ छोराछोरी छन् ।साउदीमा १३ वर्ष वस्दा श्रीमतीसंग कुनै नराम्रो भएन । त्यसैले उनले केही शंका पनि गरेनन् । तर उनी अहिले ९ दिन यता श्रीमतीको खोजीमा छन् ।

विदेशवाट अचानक नेपाल आएर उनी श्रीमतीका आफन्तहरुकोमा खोज्न गए अहिले सम्म फेला पारेका छैनन । उनीहरुको विवाह भएको १९ वर्ष पछि यस्तो समस्या आउला भन्ने उनले शंका पनि गरेका थिएनन् ।आफु विदेश जाँदा उनले श्रीमतीलाई घरवाट छुट्टै कोठा लिएर राखेका थिए । उनीहरुको नयाँ घर बन्दै थियो ।

जेठो सन्तान नै १५ वर्षका छन् । उनले अहिले भने गाउँका मानिसले उनको श्रीमती अर्कैसंग विवाह गरेर गएको भनेर गाउँलेले प्रमाण सहित देखाएका छन् । हेटौंडाको ट्रक चलाउने ड्राइभरले लिएर गएको आफुले थाहा पाएको उनले बताएका छन् ।

उनले आफु विदेश जानु भन्दा पहिला श्रीमतीलाई जहाँ कोठा लिएर राखीदिएका थिए त्यहीं बस्ने ट्रकका ड्राइभरले लिएर हिँडेको उनले बताएका छन् । ति ड्राइभर एक महिना अघि मात्र त्यो ठाउँमा आएर बसेको आफुले सुनेको पनि उनले बताएका छन् । एक महिना सम्म एउटै घरमा डेरा बसेका ड्राइभरले १९ वर्ष देखिको श्रीमानको माया विर्साइदिए । अहिले चार छोराछोरीको बिचल्ली भएको छ भने श्रीमान श्रीमती खोज्दै हिडेका छन् ।

कोठा खोज्न आएको ट्रक ड्राईभरले श्रीमतीलाई भगाएर लग्यो, पैसा र गहना समेत लगिन भन्दै श्रीमान रुँदै मिडियामा

 

प्रतिकृया दिनुहोस्