Saturday, June 6

मासु खाँदा घाँटीमा हड्डी अड्कि’एका युवाको शल्यʼक्रिया सफल…

ओखलढुंगा । श्रीमतीलाई प्रसुति गराउन काठमाडौँ पुगेका बेला मासु खाने क्रमʼमा हड्डी अड्काʼएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका १ का सन्तोष भुजेलको सफल शल्यʼक्रिया भएको छ । एक हप्ता अघि मासु खाने क्रममा घाँटीमा हड्डी अड्किʼएछि उनलाई टिʼचिङ अस्पतालमा भर्ना गरिएको छ ।

श्रीमतीलाई प्रʼसुति गराएपछि लकʼडाउनमा परेर आफन्तको कोठामा बस्दै आएका सन्तोषले ब्रोइलर कुखुराको मासु खाने क्रममा हड्डी अड्काʼएका थिए । हड्डी अड्किएको ५ दिनसम्म पनि कसैलाई नभनी कोठामै बसेका उनलाई सोही ठाउँमै बस्दै आएका ओखलढुंगाका  केही युवाहरुले अस्पताल पुर्याएका थिए ।

हड्डी अड्किएर सʼमस्यामा परेका युवाको शनिवार शल्यक्रिʼया गरिएको उद्दारकर्तामध्येका एक युवराज बस्नेतले  ओखलढुंगाखबरलाई जानकारी दिए । टिचिङ अस्पतालको शैय्या नं ५२ मा रहेका सन्तोषलाई उपचारका लागि  आर्थिक अभाव रहेको बस्नेतको भनाई छ ।

सहयोग गर्ने मनकारी व्यक्तिहरुले स्वयं विरामीलाई नै भेटेर सहयोग गर्न सकिने उनको भनाई छ । सन्तोषलाई सहयोग गर्न चाहनेहरुले युवराज बस्नेतको ९८४३१७८५१९ र भरत खड्काको ९८४१६६८७०६ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।-ओखलढुङ्गाखबरबाट।