Sunday, June 7

भिडियोमा हेर्नुहोस्… बिग्रिएको साइकल बनाʼइदिएका प्रहरी नवीनले एक सातादेखि भोकै हिँडेका १२ मʼजदुरलाई खाना खुवाए

उदयपुर, केहि दिन अगाडी एउटा तस्बिर निकै रुचाइयो । तस्बिरमा एक प्रहरी जवानले बि’ग्रिएको साइकल बनाइरहेका थिए । ति प्रहरी जवान थिए अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका नबिन दाहाल । उनले फेरी अर्को प’रोपकारी काम गरेका छन ।

सोलुखुम्बुको सोलु बेनी हाइड्रो पावरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ मजदुरलाई खाना खुवाएर। सोलुखुम्बुबाट हिँडेरै उदयपुरको घुर्मीसम्म पुगेका ती मजदुरहरुलाई चे’कजाँचको क्रममा एक सातादेखि खाना खान नपाएको थाहा पाएपछि नवीन दाहालले चिउरा, चाउचाउ, दालमोठ र पानी खुवाएका हुन् ।

उनीहरु सोमबारका दिन घुर्मीबाट भने अ’नुमति पास लिएको युपी ११ टी ५०६८ नम्बरको ट्रकमा भोकभोकै कटारी आइपुगेका थिए ।सोलुखुम्बु र ओखलढुंगाका सबै होटल, पसलहरु ब’न्द रहेकाले उनीहरु एकसातादेखि भो’कभोकै पैदलै हिँडेर घुर्मी पुगेको र घुर्मीदेखि ट्रकमा कटारी आइपुगेको बताएका थिए ।

पैदल हिंड्दा हिंड्दा खुट्टा सु’न्निएको अवस्थामा आइपुगेका उनीहरुलाई प्रहरी जवान नवीन दाहालले मा’नवीय नाताले खाना खुवाएको बताए ।उनले भने- ‘ट्रकको ढा’लामा आएका उनीहरुलाई सो’धखोज गर्दा एक सातादेखि खाना नखाई आइपुगेको बताएपछि आफूले चिउरा, खाजा ख्वाएँ ।’

भिडियो हेर्नुहोस्..